ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ

Madhukar Pandey १२ साउन २०७८, मङ्गलवार

 निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ ।  अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।

गएकाे वैशाखको पहिलो हप्ताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्य समेत बढेको छ । निषेधाज्ञाका समयमा तीन हप्ता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशःबढ्दै गएर प्रतिवटा ७० रुपैयाँ पुगेको छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उहाँले भन्नुभयो,'निषेधाज्ञाका समयमा तीन हप्ता हामीले चल्ला बेच्न सकेनौँ।' गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उहाँको भनाइ छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा ५६ रुपैयाँ पर्दछ । एक हप्तामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।

लेयर्स चल्ला भने पुर्याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन । लेयर्स प्रतिवटा १७० रुपैयाँमा बिक्री भइरहेको छ । देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उहाँको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउनुहुन्छ । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासायी बन्दै जानसक्ने उहाँको चिन्ता छ ।

आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट  ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट अहिलेसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउनुभयो । अहिले दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट ३३० रुपैयाँसम्म झरेको थियो । अहिले अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० रुपैयाँ हाराहारी पर्ने उहाँको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उहाँले जानकारी दिनुभयो । 

कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । उहाँले भन्नुभयो,'अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ ।' पहिराेले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पुर्याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको उहाँले बताउनुभयो ।

दुई हजार ७०० हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् । पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो ५० रुपैयाँ पर्ने भटमास १०५ रुपैयाँसम्म पुगेको र २२ रुपैयाँ हाराहारीमा पाउने मकै ३७ रुपैयाँसम्म पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,'दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन ।' कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ ।

महँगोमा चल्ला राख्नुपर्दा लागत मूल्य बढी हुने उहाँ बताउनुहुन्छ । निषेधाज्ञाका समयमा कुखुराको मासुले मूल्य नपाउँदा धेरैले नोक्सानी बेहोर्नु परेको छ । दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेर फर्कनुभएका गैँडाकोटका सम्भव पाण्डे निषेधाज्ञामा आफूले पालेका ३२ हजार ब्रोइलर कुखुराबाट २६ लाख रुपैयाँ नोक्सान भएको बताउनुहुन्छ । उहाँले नवलपरासीको बेल्डीया र गैँडाकोटमा कुखुरा पाल्नुभएको थियो । त्यतिबेला प्रतिवटा १०० रुपैयाँ हाराहारीमा खरिद गरेको चल्लाबाट उत्पादन भएपछि बिक्री गर्दा प्रतिकिलो १५० रुपैयाँमा बेच्नु परेको उहाँको भनाइ छ ।

चितवन–नवलपुर दाना वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डे ब्रोइलर कुखुराको किसानको लागत मूल्य २२० रुपैयाँसम्म पर्ने भए पनि निषेधाज्ञाभर सस्तोमा बेच्नुपर्दा धेरै नोक्सान भएको बताउनुहुन्छ । क्रमशः मूल्य बढ्दै गएको उहाँको भनाइ छ । कोभिड घट्दै गएपछि किसानले राहत महसुस गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले कुखुराको मासुको मूल्य ३८० रुपैयाँ प्रतिकिलो पुगेको छ । नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० रुपैयाँ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् ।

लेयर्स कुखुरापालनमा अग्रणी दाउन्ने ट्रेडर्सका कार्यकारी निर्देशक विनोद पोख्रेल कच्चापदार्थको मूल्य दिनानुदिन बढ्दा र कोभिड जस्ता महामारीका समयमा यो व्यवसाय सञ्चालन कठिन हुने बताउनुहुन्छ । देशभर अण्डाको सञ्जाल रहेको दाउन्नेका कार्यकारी निर्देशक पोख्रेल सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर हेर्नुपर्छ भन्नुहुन्छ । दाउन्नेको नवलपरासीको फार्ममा अहिले तीन लाख लेयर्स कुखुरा रहेका छन् । देशमा नै सबैभन्दा बढी लेयर्स कुखुरा भएको यो एक मात्र फार्म रहेको उहाँहरुको भनाइ छ । 

उहाँले भन्नुभयो,'कोभिडका समयमा किसानले बेहोरेको नोक्सानलाई सरकारले सम्बोधन गर्नुपर्छ ।' कच्चापदार्थ बाहिर आश्रित भएसम्म किसानले लाभ लिन कठिन हुने जनाइएको छ ।ujyaaloonline

 
 
 
 

लोकप्रिय