ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

भारतमा हंगामा मच्चाएको ‘पेगासस स्पाइवेयर’को त्रास नेपालमा पनि, फोन ट्यापिङसम्मको जोखिम

Madhukar Pandey २४ साउन २०७८, आइतवार

 केही दिन अघि भारतका नेपाली राजदुत निलाम्बर आचार्यको फोन ट्यापिङ भएको खबर बाहिरियो । यद्यपि ट्यापिङ भएको वा नभएको यसको तथ्य अझै पत्ता लागेको छैन ।

आचार्य सहित भारतमा पत्रकार, कानुन व्यवसायी र अधिकारकर्मी गरी १ सय ८९ जनाको फोन ट्यापिङ भएको खबर सार्वजनिक भएको थियो । भारतको समाचारले नेपालमा समेत सुरक्षाबारे चासो बढेको छ ।

केही समयअघि विभिन्न देशका ५० हजार मानिसको फोन नम्बर सूची लिक भयो । ती नम्बर ‘पेगासस स्पाइवेयर’ मार्फत लिक भएको खुलासा भयो । ‘पेगासस स्पाइवेयर’, इजरायलको साइबर इन्टेलिजेन्स संस्था एनएसओ ग्रुपले भ्रष्टाचार नियन्त्रणका लागि निर्माण गरेको सफ्टवयेर हो ।

अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायीलाई लक्षित गरी यो सफ्टवयेरको प्रयोग गर्दै आएको इजरायली जासुसी संस्थाले केही देशलाई समेत यो सफ्टवेयर बिक्री गरेको आरोप लागेको छ । इजरायली एनएसओ ग्रुपद्वारा सन् २०१६ मा निर्माण गरिएको यो सफ्टवयेर पहिले एन्ड्रोइड प्रयोगकर्ताको मोबाइलमा व्यक्तिको अनुमतिविना नै प्रवेश गर्नसक्छ ।

सफ्टवेयरले व्यक्तिको अनुमितविना नै इमेल, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट फोनसम्म पहुँच राख्ने र त्यसकै आधारमा व्यक्तिगत डाटा संकलन गर्ने गरेको जानकार बताउँछन् ।

साइबर सुरक्षा सम्बन्धी कम्पनी क्यास्पाइरका अनुसार पेगाससको माध्यमबाट व्यक्तिको महत्वपूर्ण डाटाका साथै इमेल, फोन कल सुन्न सकिने, लोकेशन स्क्रिनसट लिनका साथै फोनमा भएका कल डिटेल्स र हिस्ट्री समेत हेर्न सकिन्छ । नेपालमा पनि यसको आतंक बढ्नसक्ने भएकाले समयमै सचेत हुनुपर्ने सूचना प्रविधिविज्ञ उत्तम कार्की बताउनुहुन्छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पनि यस विषयमा अनुसन्धान अघि बढाएको बताउँछ । तर, गृह र सञ्चार मन्त्रालयका अधिकारीहरू भने यसबारे बेखबर छन् । भारतमा हुने हरेका गतिविधिको प्रभाव नेपालमा पर्ने भएकाले समयमै सचेत भइ प्रतिरक्षात्मक उपाय अपनाउनु बुद्धिमानी हुनेछ ।imagekhabar

लोकप्रिय