ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

भद्रवहादुर खड्का यतिवेला नुवाकोटको राजनीति र शैक्षिक क्षेत्रमा गुमनाम भएका छन्

Rojjan Raj Pandey ३१ जेठ २०७८, सोमवार

नुवाकोट । वि.स. १९७८ चैत्र ७ गते काठमाण्डौको वालुवाटारमा चक्रवहादुर लेफिनेन्टको घरमा जन्मीएर खुसयलमा हुर्किएका भद्रवहादुर खड्का यतिवेला नुवाकोटको राजनीति र शैक्षिक क्षेत्रमा गुमनाम भएका छन्

आफ्नो जीवनको पुरै उर्बर समय नुवाकोट र नुवाकोटेको विकास र शैक्षिक क्षेत्रको लागि आफ्नो समय खर्चिएका खड्कालाई नुवाकोटे जनता र उनका पस्ताहरुले विर्सन थालेका छन् । नुवाकोटका स्थानिय नेताहरुमध्ये स्वर्गिय भद्रवहादुर खड्का वि.स. २०१५ सालमा महासभा पार्टीको तर्फबाट नुवाकोटको पुर्वी क्षेत्रको संसदीय उम्मेदवार भई चुनाव लडेका थिए ।

समाजमा गरिव र धनिविचको खाडल कम गर्न पहिला जनता नै शिक्षित हुनुपर्ने ठानेर खड्काले जिल्लामा विद्यालय खोल्ने निधो गरे । यसै क्रममा उनले नुवाकोटको विकास बोर्डको सदस्य भई पहिलो काम आफ्नै गाउँ शिखरवेशीमा बच्छला प्रावि नाम राखेर प्रावि स्कुल वि.स. २०१६ सालमा स्थापना गरे ।

त्यस समयमा गाउँमा साहु र गरिवविच ठुलो खाडल थियो । विद्यालय स्थापनापछि उनले गाउँका साहु महाजन र गरिववीचको दुरी घटाउने अभियान शुरु गरे । जसअनुसार त्यो समयमा चलेको एकसय रुपैयाँको २५ पाथी कोदो मकै वा धान ब्याज र ४ गुहार लिने चलन थियो । यसले गाउँका विशेष गरि गरिव वर्ग प्रताडित थिए । उनीहरुलाई राहात दिने सोचले सो प्रथा हटाउने अभियान शुरु गरे ।

जस अनुसार खड्काले बढी ब्याज लिन नपाउने र गुहार पनि लिन नपाउने अभियान चलाई गरिवहरुलाई खुशी पार्ने काम गरे । फलत गरिवहरुलाई शोषण गरेर बसेका धनीहरुलाई त्यो कुरा पाच्य भएन र खड्काको विरोध गर्न थाले । बढी ब्याज लिन नपाउने र गुहार पनि लिन नपाउने अभियानमा उनलाई गरिव जनताले भने राम्रो साथ दिने गरेका थिए । बढी ब्याज लिन नपाउने र गुहार पनि लिन नपाउने अभियानसँगै उनले आफ्नो गाउँवस्तीमा रहेका खोलाहरुमा झोलुङ्गे पुल निर्माण गर्ने अभियान चलाए ।
यसरी उनले आफ्नो गाउँमा विकास निर्माण, संस्कृति परम्परालाई परिस्कृत र शैक्षिक क्षेत्रमा काम गरिरहेको अवस्थामा देशमा राजनितिक अवस्था फेरियो।
जस अनुसार वि.स. २०१७ साल पौष १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गर्ने घोषणा गरे । त्यसपछि राजा महेन्द्रले उनलाई रााष्ट्रिय केन्द्रिय सम्मेलन केन्द्रमा नुवाकोटको तर्फबाट केन्द्रिय सल्लाहकार बनाए ।

वि.स. २०१९ सालमा पन्चायती संविधान मुलकमा जारी भयो । उनी वि.स. २०१९ सालको जिल्ला पन्चायत निर्वाचनमा जिल्लाको पुवी क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित भएका थिए । त्यसपछि राजा महेन्द्रबाट भुमिसुधार ऐन जारी भयो । साहु र गरिवमा बढी ब्याज लिएकोमा फिर्ता गराउने र तमसुक च्यात्ने काम गरेका उनी पुर्वी भेगमा टोली प्रमुख भएका थिए ।

यसै क्रममा उनी वि.स २०२४ सालमा फेरि जिल्ला पन्चायत सदस्य निर्वाचित भएका थिए । त्यस अवसरमा झोलुङ्गे पुलहरुको निर्माण गराउने र गोरेटो बाटो निर्माण गराउने काम खड्काके पालमा भएको थियो । उनले आफ्नै गाउँको शिखरवेशी फाँटलाई सिंचाई गराउन कत्तुङ खोला, जेम्राङ फेदी मुहानगरि ठुलो पहरो पार गरि बाटो निर्माण गराएका थिए ।

यसैगरि उनी वि.स.२०२८ सालमा नुवाकोट जिल्ला पन्चायतको सभापतिमा निर्वाचित भएका थिए । त्यही अवस्थामा नेपालमा खम्बा काण्ड उत्पति भयो र राजालाई साथ दिएर उनले धेरै ठुलो गुन लगाएर खम्बा काण्डको अन्त्य गराएका थिए ।
त्यसपछि नुवाकोटमा विद्यालय खोल्ने होडबाजी चलेको थियो । फलस्वरुप एकाथरीले चौघडामा विद्यालय राख्नुपर्ने माग गर्दथे भने भद्रवहादुर खड्काचाहिँ खरानीटारमा राख्नुपर्नेमा जोड दिन्थ्ये । उनले खरानीटारमा विद्यालय स्थापना नभएको भन्दै जिल्ला पन्चायतकोसभापतिबाट राजीनामा दिएर दरवारमा बुभाएका थिए । तर अन्त्यमा खरानीटार अमरज्योति माध्यामिक विद्यालय स्थापना भएसँगै उनले राजीनामा फिर्ता लिएका थिए ।

त्यही वर्ष खड्काले नुवाकोटमा एकैपटक ३२ ओटा प्रावि र ८ ओटा निमाविको लागि जिल्लामा स्वीकृती दिलाई जिल्लाको दुर्गम तथा गाउँगाउँमा विद्यालय पुराएका थिए । सोही जनपक्षिय कामको मुल्याङकन गरेर दरबारबाट उनलाई रााष्ट्रिय पन्चायतको मान्य सदस्य बनाईएको थियो ।

स्वर्गीय भद्रवहादुर खड्का गरिव दुखीको निमित्त उपकारी व्यक्ति पनि भएको राप्रपाका केन्द्रिय सदस्य गोकर्णराज सिटौला बताउँछन् । खड्का सानैदेखि निडर र केही गर्नुपर्छ भन्ने भावना बोकेका व्यक्ति रहेको सिटौला बताउँछन् । भद्रवहादुर खड्काले साहु र गरिवविच धेरै अन्तर भएको भन्दै त्यस्तो विभेदलाई हटाउँन महत्वपुर्ण प्रयास गरेका थिए । तर साहुहरु रिसाएपछि जिन्दगीभर उनले कसैको सहयोग र सर्मथन पाउनुभएन उनले स्मरण गर्दे भने ।

उनले भद्रवहादुर खड्काले शिखवेशीमा हेल्थपोष्ट बनाउनेदेखि उन्नत जातको धान ल्याउने, उन्नत नष्ल भएका रागाँ र भैसी ल्याएर गाउँमा व्यवस्थित रुपमा खेतीपाती र पशूपन्छीपालन गर्न थालेको बताउँछन् । खड्काले भारतको गुजरातबाट धानको र गोरुको उन्नत जात पहिलोपटक नुवाकोट भित्राएका थिए ।

दुप्चेश्वर मन्दिर दर्शन गर्न जाँदा लहरामा झुन्डिएर जानु पर्ने अवस्थामा उनै भद्रवहादुर खड्काले गोरेटो बाटो निर्माण गरेका थिए । यस्तै नुवाकोटका अधिकांश मान्छेहरु भुमिहिन रहेको अवस्थामा उनै खड्काले जमिनमा जसको जोत उसैको पोत बनाएका थिए ।

तादी र लिखु खोलमा झोलुङ्गे पुल निर्माणदेखि नुवाकोटको गोल्फुभन्ज्याङ हुदै काठमाण्डौ जाने बाटो निर्माण पनि उनैको पालमा भएको थियो । यस्तै शिखरवेशी फाँटलाई सिंचाईयो योग्य बनाउन सिंचाईको व्यवस्थ गर्ने, तत्कालिन समयमा नुवाकोट दरवारमा पानी नभएको अवस्थामा धाराको व्यवस्था गर्नेदेखि गरिवका छोरोछोरीहरुलाई जागरि र कामको व्यवस्था समेत उनैले गरिदिएका थिए ।

उनको खरो तथा जनप्रेमि कामले आत्तिएकाहरुले उनलाई काँडोका रुपमा हेर्न थालेका थिए । जसको कारण उनलाई सभासमारोहमा मञ्चको कुर्सी वस्नको लागि पाउन समेत गाह्रो परेको थियो । तर त्यही समयमा गरिवहरुले आफुले लगाएको बख्खु खोलेर भद्रवहादुरलाई बस्नको लागि ओछाएर सम्मान गर्ने गर्दथे ।

राजभत्ति र देशभत्तिको भावनाले परिप्ुर्ण गुणका धनी खड्काले जिल्लाभर नै झोलुङ्गे पुल निर्माण र विद्यालय खुलाउने अभियानमै आफ्नो ज्यान गुमाए । उनको वि.स. २०६३ साल फागुन १४ गते निधन भएको थियो ।

तर उनै भद्रवहादुर खड्काको सामाजसेवा गर्ने कामको विँडो थाम्न यतिवेला उनकै नाती शुशिल खड्का मैदानमा देखिन थालेको छन् । हजु्र वुबाको सपनालाई साकार पार्न शुशिल यतिवेला लागि परेका छन् । उनले व्यक्तिगत सहयोगमा पुल निर्माणदेखि विद्यालयललाई शैक्षिक सामाग्री वितरणसम्म तथा गरिव असहाय व्यक्तिलाई निरन्तर आर्थिक तथा खाधान्न सहयोगमा जुटिरहेको गोकर्णराज सिटौलाले बताए ।

यस्तै देशमा कोरोना महामारीको संक्रमण तिव्र भइरहेको अवस्थामा विभिन्न स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्रीको अभाव भइरहेको समयमा उनै भद्रवहादुरका नाती शुशिल खड्का औषधी र स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गर्दे अग्रपङ्त्तिमा उभिएका छन् ।साभार।

लोकप्रिय