ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

भावुक हुँदै डान्सर सुशान्त खत्रीले भने, 'प्रहरीले बिना कारण थप्पड हान्यो'

Rojjan Raj Pandey १५ कार्तिक २०७८, सोमवार

भारतीय टिभी रियालिटी सो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ बाट चर्चा कमाएका डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले बिनाकारण झापड हानेको बताएका छन्।

सुशान्तले फेबसुक र इन्स्टाग्राममार्फत आइतबार राति ह्यालोविन पार्टीमा सहभागी भएको बेला प्रहरीले दुर्व्यवहार भएको बताएका हुन्।

सुशान्तका अनुसार उनी हिजो राति एलओडी र त्सयसपछि सेनेटमा गएका थिए। साथीहरुसँग रमाइलो गरिरहेका उनी अबेरसम्म बसे। प्रहरीले क्लब बन्द गराउन लाग्दा उनले आफूले प्रहरीसमक्ष बिल तिरेर निस्कने आग्रह गरे।

'तर त्यहाँनिर मिसअन्डरस्ट्यान्डिङ के भयो भने एउटा भाइले उहाँको बिल भइसक्यो भने। तर अर्को भाइसँग मेरो बिल बाँकी थियो। अनि त्यसपछि पुलिसले मेरो काँधमा समातेर घिसारेर बाहिर लानुभयो।' 

उनले साथीहरु र सिसिटिभी फुटेज प्रमाणका रुपमा रहेको दाबी गर्दै भने, 'पुलिसले यस्तरी समात्नुभयो मलाई हातमा पीडा भइरहेको थियो। त्यसपछि गालामा एक झापड हान्नु भयो। यसरी हान्नुभयो कि त्यस्तो झापड मैले जीवनमा कहिल्यै खाएको थिइनँ। कसैको अधिकार छैन यहाँ मलाई झापड हान्न।'

उनले आफूलाई प्रहरीले ज्याकेट र मास्कसमेत लगाउन नदिई हाफ सर्टमै सोह्रखुट्टे प्रहरी चौकी लगेर एक घन्टा थुनेको बताए। 

देशका लागि मेहनत गरेर काम गरेको तर आज यस्तो दुर्व्यहार भोग्नुपर्दा चित्त दुखेको भन्दै भिडिओमा लाइभ आएका उनले आसुसमेत झारे। 

कुनै पनि प्रहरीले आममान्छेलाई हात हाल्न नपाउने भन्दै उनले भने, 'हाम्रो सेवाको लागि खटेको प्रहरीले नै हामीलाई कुटेपछि हामी कसरी सुरक्षित हुन्छ?', उनले भनेका छन्, ‘पुलिस भनेको जनताको सेवा गर्ने मान्छे हो, त्यही मान्छेले हात हाल्ने ? यो गलत हो। हामी पुलिस भनेर सम्मान दिन्छौं, हामीलाई पनि त्यही सम्मान चाहिन्छ। सीधै झापड हान्न पाइन्न’

सुशान्तले आफूमाथि भएको दुर्व्यवहारका लागि माफी माग्दै प्रहरीबाट सम्पर्क गरिने अपेक्षा राखेको बताएका छन्। 

सुशान्तले भनेका छन्, 'कल आएन भने कानुनी प्रक्रिया अघि बढाउँछु।'setopati

लोकप्रिय