ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

बिदेसिएकाहरु आफ्नो देश फर्को आत्मियता माया साथ हमेसा पाउनु हुने छ यो नेपाल हो यो हाम्रो संस्कृति हो।

Rojjan Raj Pandey २६ कार्तिक २०७८, शुक्रवार

लामो समय बेलायत का वासिन्दा महेस अधिकारि एन आर एन उन्को मनोवृतान्त नेपाल भ्रमणका बेला भएका सम्झना लेख्नु भएको छ।

नेपाल यात्रा तय हुनासाथ केहीले सोध्नुभयो- "विशेष केही कामले हो कि यो भिजिट?"

खै कहाँबाट शुरू गर मातृभूमि अवतरण गर्नासाथ एयरपोर्टको आगमन कक्षमा-नेपाल छिर्नु पहिले नै भिसा लिईसकेका विदेशीहरू' को लाईनमा बसेछु, अध्यागमन अधिकृतले "तपाई गलत लाईनमा बस्नुभएछ, केही छैन नेपाल सम्झेर, आफन्त सम्झेर आउनु भएछ म ने तपाईलाई Welcome गरिदिउँला” भनेर छाप ठोकिदिनु भो।

• बाहिर आफन्तहरू (दिदी, भिनाजु र थुप्रै माया गर्नुहुनेहरू) ले घेर्नुभयो। स्वागले स्वागत!

• मलाई त सुटुक्क हवाई अड्डा अगाडि खड़ा गरिएको पर्यटक नम्बर प्लेटको गाडिमा भान्जा र प्रदिप भाईले सामान कोचे मलाई बसाए। आतिथ्यको भारी वर्षा ।मलाई यति र आफ्नो मात्रे (मलाई आफैलाई शंका लाग्छ- म त्यति लायक छुवा छैन) Jyoti sir, गाडि सहित न्यानो आतित्थ्यका साथ खड़ा हुनुहुन्छ। होटेलमा स्वागत तैयार छ, घरमा आतिथ्यको स्वागतमा
पानी भरिएका घड़ा छोरो कहिले आईपुग्छ भनेर आमा, दिदी-बहिनी, भान्जा-भान्जी, मामा-माईज्यु, मेरी प्रिय साली (ईश्वरी र उनको परिवार) र सबै आफ्नाहरूले व्यग्रताका साथ मलाई प्रतिक्षारत् छन्।

."म कहाँ कहिले हो?m" आफन्तहरूको प्रश्नको वर्षा! विभिन्न मिडियामार्फत आफ्नाहरूले दर्शाएको माया र शुभेच्छा!!..

• दोहोरी च्याम्पियन फ़ाइनल शो मा आफ्नाले माया र सम्मानसहित दिएको निम्तो! काभ्रे सोसाइटी यू.के. द्वारा सहयोग एवं छात्रबत्ती प्रदान गरिएको स्कूल र भाईबहिनीहरूसंगको सो सम्बन्धी विशेष कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागिता एवं आफ्नो तर्फबाट सानो सहयोग प्रदान गर्ने अवसर पनि पाईयो।

• मेरा अत्यन्त प्रिय दुई दाई/साथी/प्रेरकहरू नारायण वाग्ले र ज्योती अधिकारीको साथमा ज्वाई डा. सुभाष भट्टराईसंग तीन-चार दिनको उपत्यका बाहिरको यात्रा! रमाईला गफ, बिगतदेखि हालसम्मका देश, काल, परिस्थिति एवं हाम्रा हिजोका मिठा र रमाईला सम्झनालाई ताज़ा गराउँदै कुरिनटार, पोखरा, दमौली, सुखौरा, चितवन, बन्दीपुर,

. पोखरामा अत्यन्तै सुखद पलहरू एकआपसमा साटासाट! आदरणिय नारायण (वाग्ले) दाई हामी सहभागी टीमका योजनाकार गाईड (उहाँकै शब्दमा), तर मेरा लागि सर्वे असल निर्देशक लिक पुष्पराज अधिकारीसंगको उपलब्धिमूलक काफी गपार
पोखरा सहर, जल महल होटलको बसाई, रूपाकोट रिसोर्ट भिजिट, ठूलो भिजनसहितका योजनाकार एवं

• ज्वाई डा. सुभाश भट्टराईज्यूको जन्मघर सुखौरा, बन्दीपुर भिजिट भाई सुरेशको साथमा
भिजिटको Focal Point नै भनु-आफ्नै जन्मघर कुन्छा, लमजुंग भिजिट

•आफन्त र आफ्नोपनको विशुद्ध अनुभव एवं मनदेखि मन जोडिएको एकमात्र भूमि मेरो गाउँ कुन्छा, जहाँ मलाई देख्नासाथ रखुशी-दुःख मिश्रित आँशु खसाए आफ्नाहरुले, मलाई पनि त्यही महशुष भयो। म पढेको स्कुलनेरको चिया पसल्नी आमा होउन् वा आपने, सबैको माया, सद्भावप्रति म नतमस्तक त भएँ नै र ऋणी पनि।

.चीतवनमा मेरी ९० वर्षिय फुपु, जसले मलाई मेरा आमाले जत्तिकै माया गर्नुहुन्छ, जसले कान सुनुहुन, तापनि उहाँको हाम्रो मुखको भाव र अभिव्यक्ति बुझ्ने क्षमता यति सशक्त छ कि र उहाँको परिवार, भगवति दिदी तथा अन्य आफन्त सबैसंग भेट्न त जुन God-Gifted नै हो भन्ने मलाई लाग्छ। उहाँले, जुन माया र शुभेच्छा ममाथि वर्षाउनुभयो, त्यो ऋण कसरी तिर्न सक्छु ? याम्याफोंटकी बहिनी सुनिता, चीतवनमा हुनुहुने कान्छा बुवा भेटन त असमर्थ भएं, जातिलाई
आई भेटे, मन र माया साट्ने अवसर पाएँ।

• बेलायतबाट आई हाल काठमाण्डौमा जम्काभेट हुनुभएका साथीहरू सहित श्रद्धेष ज्योती अधिकारीज्यू र बहिनी आशासंग उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालज्यूसंग देश र देश बाहिर रहेका हामीबीच भलाकुसारी गर्ने अवसर जुर्यो। अति नै प्रष्ट र खुलस्तरूपमा मन्त्रीज्यूबाट बर्तमान परिस्थिति र भावी योजनाबारे उत्साहित प्लानहरू सुन पाईयो।हामिले पनि
स्वदेशमा हामीबाट हुनसक्ने सुरक्षित लगानी र विकासका सम्भावनाबारे कुरा राख्यौं।

• पवित्र सेवा आश्रम पुगेर हाम्रो सानो सहयोग माप्त भएन। आश्रमकी संरक्षिका दीक्षा चापागाईज्यूसंग अन्तरंग कुराकानी, आश्रम परिवारमा रमाईरहेका भाईबहिनी, बुवा-आमासंग एकछिन रमाउने अवसर पनि जुयाँ। Dixchhya Chapagain ज्यू हजुरको यस पवित्र कार्यको लागि हार्दिक नमन् ..

जनवादी सदाबहार गायक जीतन शर्मासंग देउसी-भैलो खेल्ने अवसर पाईयो कर्मयोगी हातहरू मिलेर श्रृजना गरिएको साँच्चि नै मनमोहक डाँडो हवाई डाँडा (काठमान्डौंको कुनोगोला ढुंगा) मा लक्ष्मी पूजा समेत गरियो। ज्योती सर, नारायण वाग्ले दाई एवं मेरो आत्मिय साथी नरेशको बुवा-मुनालगायत १०० संगको भेटघाट/रमाईलो संग प्रिय बहिनीले हाम्रा लागि तयार पारेर डाँडामा लगेको खानाको मिठो परिकारले कुनै पिकनिकभन्दा बढी उत्कृष्ट रहो।

• भाई टीका- तीन बहिनी (एक-हाल अमेरिका) र दिदीको हातबाट थाप्ने अवसर पाईयो। विगतमा बर्षको ग्यापमा लगाउनु पर्दाको पिडा यस पटक दुई वर्षमै लगाउन पाएँ, खुशी छु।

नेपाल यात्रामा आमा, दिदी-बहिनी मसंग अट्टी बढी रमाएको दिना आफ्नाहरूसंग पुन: डे-आउट: सुन्दर नगरी काठमान्डो भन्दै गर्दा यथार्थता भने यतिखेर अव्यस्थित (प्रायः सबै कुराले) देखिदेछ। गुनासो र आपत्ति जनाउदै गर्दा ज्योती सर, आशा, भाई सागर (अमेरिकाबाट) र कुमारजीसंग ललितपुरको भैसेपाटीतिर हामी बरालियों।

भोलिका लागि आशा लाग्दो रूपमा निर्माण भईरहेको यस क्षेत्रमा मन्त्री, मुख्यमन्त्री आवास भवन,
निजी आवास भवन, स्कूल, कलेज, बैंक, डिपार्टमेन्टल स्टोर, हस्पिटल, रेष्टुरेन्ट, पत्र, नाईट लाईफ़ आदि सबै कुराको संयोजन हेर्दा लाग्छ- यसले हालको ठमेल र दरखार मार्गलाई नै बिस्तारै विस्तारै विस्तापित वा दो ओ बिकल्पको रूपमा स्थापित हुनेछ भन्नुमा अत्युक्ति नहोला हामीले पनि सम्बाभनाको खोजी गर्यो। एउटा टिम प्रोजेक्टको परिकल्पना पनि सोध्यो- आखिर
संम्वाभना खोजिजाट नै त जन्मने हो, योजनाको जन्म हुन। हामी पाँचैजना पोजिटिभ भयो पनि। र भुल्ने नहुने एक आईकनको रूपमा सोही महासिटीको प्रवेशद्धार (महतो मार्गमा र भएको मेडिसिटी- उपेन्द्र महतोज्यू भुतपूर्व NRNA अध्यक्षद्वारा) निर्मित अस्पताल पनि।

• नयाँ योजनाले, केही पुराना धरोहरलाई बिस्तापित गरेको पनि देखियो- होटल अन्नपूर्ण, दरवार मार्ग, समिट होटल, पुल्चोक आदि। त्यहाँ जे बन्छन्, अझै राम्रा कुरा बनुन् कामना!

.हुन त घुम्न र भेटघाट गर्नुपर्ने अझै थुप्रै बाँकी थियो। आफन्तहरू र मलाई माया गर्नुहुनेलाई मैले अझै कुराएको छु, मलाई चाहिएको कुरा वा फर्कदाखेरी लेजान मन भएर पनि एक चीज़ पनि सपिंग गर्न पाएको छैन। आज यस पटकको नेपाल बसाईको अन्तिम दिन मेरो भन्दा पनि आमाहरूको ठूलो धोको ईन्द्रेणी कार्यक्रममा सहभागी हुने काम गरियो। दिनभर व्यस्त
भईयो, तथापी उहाँहरू खुशी, म पनि खुशी!

.कर्नभूमि फर्कने दिन आज। अहिनी आशा, दुई नानुहरूसहित ज्योतिसरसंग ऑकी थप कुरा पनि एयरपोर्ट आउँदा बाटोमा गर्न पाईयो। यस पटक भेट्न नसकेकाहरू प्रति पनि मनैदेखि सम्झेको छु।

भेटेकाहरूप्रति असाध्यै अनुग्रहित छु। प्रिय नानुहरू आज-आदी अधिकारी धेरै माया! ज्योति सर, बहिनी आशा, ईश्वरी, मेरो परिवार, आफन्त सबैमा कृतज्ञ छु।
मलाई लाग्छ, यी माधिका बँदाहरूले 'म नेपाल कति कामले" भन्ने जवाफ मेरा मित्र र आफन्तहरूलाई दिएँ नै होला। यी बाहेक पनि लेख्न छुटेका तर, मनभरी रहेर पनि यहाँ व्यक्त हुन नसकेका कुरा छन्, जसले मेरो तिन हप्ताको इसाई, मात्र तीन दिनको झै लागिरहेछ।

म यति धेरै रिणी भएको छु, मेरा आपनाहरूप्रति- जुन माया, सद्भाव, आत्मियता र वण्डिंग दिनुभयो- म कोशिष गरिरहनेछु है तिन!!

 

लोकप्रिय