ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

चोलेन्द्र राणा जी यथासिघ्र राजिनामा दिनुस

Rojjan Raj Pandey १५ कार्तिक २०७८, सोमवार

चोलेन्द्र जि म पुर्णकालीन वकालत व्यवसाय गरी रहेको र वकालत पेशा सुरु गरेको दिन देखी कुनैनेता वा न्यायाधीशको दैलो नटेकोको आफ्नै बल, बरकत, बुद्धीमा वकालत गरीरहेको सरकारको, कर, राजश्वमा योगदान पुर्याईरहेको अधिवक्ता हुँ ।

कतीपय भुरे टाकुरे नेता तथा दलहरु न्यायाधिश बनाउछु भन्दै आउछन् तर मैले वकालत नै रुचाएको छु । हालका दिनमा तपाई एक जना व्यक्तीका कारण समाजमा वकालत तथा न्यायलय प्रतिको आमनागरिकको आस्था समाप्तीको वाटो तिर धकेलेकोले यो पत्र लेख्न वाध्य भएको छु  मैले आज सम्म न्यायालय र न्यायधीशका बारेमा सार्वजनिक सञ्चार माध्यमा आएका २०० वटा समाचारहरुको गीन्ती गरी विश्लेषण गर्दा सबै भन्दा बढी नकारात्मक तथा विवादास्पद समाचार तपाईसंग सम्बन्धीत भएको पाए ।

तपाई त न्यायाधीशमा नियुक्त हुँदा देखीनै विवादास्पद न्यायालयको निमित्त नकारात्मक समाचारको प्रयाय नै हुनुहुदो रहेछ  । तपाई एक जना व्यक्तीका कारण न्यायालयको गरीमा र न्यायालय प्रतिको आस्थामा जुन आघात पुगेको छ त्यसका निमित्त तपाईले अदालतको अवहेलना गर्नु भएको छ अदालतले र न्यायप्रणलीले हेपीनु परेको महसुश भएको छ । न्यायीक विचलनका सवालमा वा न्यायालयको साख गीराउनमा थुप्रै अरु नी कारण छन वा अरु व्यवक्तीहरु पनी जीम्मेवार छन् ।

व्यवस्था पार्टी र तिनका मुखीया पनी जीम्मेवार होलान र छन राज्य संयन्त्रमा चेक एण्ड बेलेन्स सिस्टमको अभाव छ प्रभावकारी छैन, संवैधानीक परिषदको संरचनामा दोष छ, न्याय परिषदको बनौटमा खोट छ, संसदीय सुनुवाईमा प्रश्न छ, न्यायाधिश र नेताहरुको सीधा सम्बन्ध गठबन्धन र मोलमोलाई छ र यसले न्यायालय विगारेको छ । तर तपाईको कारण जुन हद सम्म न्यायालयको गरीमामा आघात पुगेको छ त्यो सम्मको आघात अरुवाट पुगेको छैन ।

न्यायाधीश कस्तो हुनु पर्छ भनेर मैले तपाईलाई सीकाई  रहनु पर्दैन तर तपाईको सवालमा तपाईले गरेका न्याय र फैसलाका विरुद्ध कालभैरव गुहार्नु भएका आम जनताका भीडीयोहरु आफ्नै युटुबमा छन् हेर्नुहहोस् । तपाई संविधान र कानूका कुरा गर्दै हुनुहुन्छ तर जस्का विरुद्ध आफ्नै संस्थाका बहुमत न्यायधिशहरुले घोषणा नै गरेर राजीनामा दिनोस भनेका छन् भने तपाई अयोग्य, असफल र अनैतिक हुनुहुन्छ भन्ने कुरामा त्यो भन्दा बलीयो र ससक्त प्रमाण र अवस्था के होला ति न्यायाधिशहरुलाई कती धेरै पीडाबोध भएको होला किन त्यस्तो कठोर बाध्यात्मक कदम चालेका होलान सबै मिलेर राजीनामा मागेहोलान भन्ने पनि बुझ्नु हुन्न तपाईको कारणले अदालतको मार्यादा खस्केको छ की छैन भन्नुस त त्यो भन्दा के संवैधानीक र कानूनी कुरा गरीरहनु भएको छ तपाईले ।

म व्यक्तीगत रुपमा तपाई प्रति पुर्वाग्रही वा तपाई प्रति विरोध पटक्कै होइन म न्यायालयको पुर्ण शुद्धीकरणका निमित्त बहालवाला न्यायाधिशमध्ये ८० प्रतिशत न्यायाधिश कुनै न कुनै कारणले अयोग्य छन् र न्यायालयको शुद्धीकरणका निमित्त पुर्नसंरचना हुनुपर्छ भन्ने मान्यता राख्दछु । तर त्यसको निमित्त समय परिस्थीती र बेला आउला तर तपाईको कारण त तत्कालै कालाकोट लगाउन नसकिने  अवस्था आयो कुनै घाउ अपरेसन गर्नुपर्ने विरामीलाई कोरोना भयो भने सर्वप्रथम कोरोनाको उपचार गर्नु पर्नुपर्छ अनिमात्र अपरेशनकोलागी सोच्न सकिन्छ ।

तपाई अदालतवाट आइसोलेटेड हुनोस राजिनामा दिनोस अनी तपाई समेतका अनुभव समेटेर हामी न्यायलयको शुद्धीकरणमा लागौला तर तपाईले राजिनामा नदिनु भनेको तपाई आफु वर्वाद हुनु हुन्छ अदालतको शाख अझै गीराउनु हुन्छ त्यती मात्र होइन तपाईसंग जोडीएका तपाईका नातेदारहरुको सम्पत्ती सबै राज्यलाई बुझाउनु हुन्छ र उनीहरुको जेलको यात्रा तय गर्नुहुन्छ । यो कुरा राम्ररी बुझ्नोस । म एउटा शुभचिन्तकको हैसियतले तपाईलाई यो कुरा भन्दैछु । 

तपाईले पुर्व प्रधान न्यायाधिशहरुको बोलेको विषय रुचाउनु भएन तर हामीले ती बोल्ने न्यायधिशहरुलाई सलाम गर्छौ कीनकी आफ्नो निवृत जीवनमा समेत न्याय प्रतिचासो राख्नु भएको छ ।

बोलेका छन सकारात्मक सुधारका निमित्त दिशा निर्देश गर्नु भएको छ आफ्नो अनुभव आदान प्रदान गर्नु भएको छ यसले राज्य र जनताहरुलाई फाईदा पुगेको छ । यो उहाहरुको विवेकपुर्ण कार्य हो । तपाई पनी आफ्नो निवृत जीवनमा त्यसरी नै न्याय कार्यमा सहयोग गर्नुस सुधारमा निमित्त ।

त्यसैले पुर्व न्यायाधिशहरु प्रति चित्त नदुखाउनोस बहालवालाहरुलाई पनि धन्यावाद दिनोस् तपाईले दिपक राज जोशी लाई प्रधान न्यायाधिश हुन सघाउनु भएको होइन आफ्नै साथी गोपाल पराजुलीको बेन्च बहीस्कार गर्ने तपाई नै होइन अनी अहीले के अन्याय भयो र तपाईलाई हरीकृष्ण श्रीमानको प्रतिवेदन तपाईले नै स्वीकार गरेको होइन  र ?

के तपाई दुई महीना विदा बसेर आफु उपर छाबिन गराउन सक्नु हुन्न र ? अदालतमा कुन केश के कहा कस्को कुनकुरा कतीरकम सबलाई थाहा छ तर अदालतमा पक्षसंग जोडीएका सबैकुरा सित्तै भनिहाल्नु उपर्युक्त नहुने भएकोले धेरै कुरा गुपचुप नै छन्  तर तपाईको यस्तो जिद्दी, अहंमता, लाज, सरम, नैतिकता पचाएको व्यवहारले यी सबैकुरा बाहीर आउन वाध्य हुनेछन अब कुनै पार्टीका कुनै नेतालाई नजराना बुझाएर पद जोगीने अवस्था छैन र त्यसरी जोगाएको पदको कुनै गरीमा छैन हुदैन ।

प्रधान न्यायाधीश भैइसक्नु भएको व्यक्तीगत रुपमा त्यो तपाईको पुर्ण सफल जीवन हो जसरी विवादै विवादका बिच नियुक्त हुदै प्रमोसन हुदै आउनु भयो त्यो हिसावले पहीला पहीले तपाई लखेटीदीनुपर्ने व्यक्ती हो तर कुनै कुराको अडान नभएको व्यक्तीगत स्वार्थका निमित्त जस्तोसुकै सम्झौता गर्न सक्ने लाज सरम नमान्ने तपाईको व्यक्तीगत वानीको कारण पटक पटक पदमा बहाल रहनु भयो टीक्नुभयो सच्चा प्रधान न्यायाधिश भएको भए जुनदीन तपाईले गठन गर्नु भएको बेन्च बदर भई अर्को बेन्च गठन भयो त्यसैदिन राजीनामा दिनुपथ्र्यो तर तपाईमा त्यस्ता कुनै कुराले असर नै गर्दैन तपाईसंगै हरीकृष्ण श्रीमानलाई हेर्नोस न एक पटक सामान्य कुरा उठ्ने वितिकै उहाले बेञ्च छोड्नु भयो ।

कस्तो उच्च नैतिकता न्यायाधिशको गरीमा राख्नु भयो तपाईको हेर्नोस त ट्याक रेकर्ड ज्यान मुद्धामा जुन ढंगले फैसला गर्नु भयो त्यो सबै अरु ज्यान मुद्धाका अपराधीहरुलाई नी लागु हुन्छ त ?  कती प्रमाण छन कती तर तत्कालै म सबै प्रमाण राख्दीन किनकी त्यस्ता प्रमाणले सामाजीक सञ्जालमा न्यायाधीश प्रतिको आस्था बढाउदैन समाजका उठेका प्रश्न र चिनजानका व्यक्तीले उठाउने प्रश्नले आजीत भएर मैले तपाईलाई यो पत्र सार्वजनिक रुपमै लखेर राजिनामा दिनोस भन्ने सल्लाह दिएको छु । कृपया तपाई यो देशको न्यायालय र म जस्ता गरीखाने वकीलहरुको लागी भएपनी राजिनामा दिनोस् । लेखक

गोपाल पाण्डे ।

लोकप्रिय