फ्रान्कफुर्ट युरोपा लिग च्याम्पियन

Rojjan Raj Pandey ५ जेठ २०७९, बिहिवार

स्पेनको सेभियामा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी तथा त्यसपछि थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा फ्रान्कफुर्टले बाजी मार्दा दोस्रोपटक च्याम्पियन बन्न सफल भयो ।

१९८० पछि फ्रान्कफुर्टलाई युरोपाको च्याम्पियन बनाउन टाइब्रेकरमा क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफयल सान्तोष बोरले गोल गरे । रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्दा आरोन राम्सेले गोल गर्न सकेनन् ।

त्यसअघि प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेलको दोस्रो हाफमा रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा जोइ एरिवोको गोलबाट रेन्जर्सले अग्रता लिएको थियो । तर, रेन्जर्सको अग्रता लामो समय टिकेन ।

६९औं मिनेटमा राफयल सान्तोष बोरले फिलिप कोस्टिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्विएको थियो । टाइब्रेकरमा चौथो पेनाल्टीमा रेन्जर्सका आरोन राम्से चुक्दा रेन्जर्स पछि परेको थियो ।

त्यसपछि फ्रान्कफुर्टले चौथो र पाँचौ पेनाल्टीमा गोल गर्दै टोलीलाई च्याम्पियन बनाए । पाँचौ पेनाल्टीमा रेन्जर्सका केमार रोफीले गोल गरेपनि च्याम्पियन बन्न पर्याप्त रहेन ।hamrokhelkud

लोकप्रिय