ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छः प्रधानमन्त्री

Madhukar Pandey ९ असोज २०७८, शनिवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको  सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताए ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गर्नुभएको खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका साथै कोरोना महामारीले खाद्य सुरक्षामा निम्त्याएका चुनौतीको सामना तथा अर्थतन्त्रको पुनरुत्थानका लागि त्यस्तो नीति अवलम्बन गरिएको बताए ।

“विश्वमा प्रत्येक १० जनामा एक व्यक्ति कुपोषणको शिकार भएको छ, कोभिड–१९ को महामारीले खाद्य सुरक्षा अझ बिग्रेको छ भने महामारीका कारण अल्पविकसित र भूपरिवेष्टित विकासशील देशमा खाद्य आपूर्ति सञ्जाल र खाद्यान्नको मूल्यमा वृद्धि भएको छ”, कृषिमा रुपान्तरणकारी लगानीबाट नै सबैका निम्ति खाद्य सुरक्षा सुनिश्चित गर्न सकिने यथार्थ सुनाउँदै प्रधानमन्त्रीले भने ।

दिगो र उत्थानशील खाद्य व्यवस्था निर्माण तथा सन् २०३० सम्ममा भोकमरीलाई शून्यमा झार्न अन्तर्राष्ट्रिय समुदायले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सम्मेलनलाई ४५ राष्ट्रका राष्ट्र-सरकार प्रमुखसहित १२० जना वक्ताले सम्बोधन गरेका थिए। aarthiknews

लोकप्रिय