ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

खाद्यले भन्यो : डीएफटीक्यूसी जार/बोत्तलको पानी मात्रै प्रयोग गर्नू

Rojjan Raj Pandey १५ असार २०७९, बुधवार

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको बोत्तल  र जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर मात्रै उपभोग गर्न आग्रह गरेको छ । वर्षायाममा झाडापखाला रोगका विभिन्न हानीकारक शुक्ष्म जीवाणुहरुको संक्रमण बढ्ने र त्यस्तो पानीको प्रयोगबाट रोगको संक्रमण सम्भावना रहेको जनाउँदै विभागले डीएफटिक्यूसी नम्बर हेरेर मात्रै पानी उपभोग गर्न अनुरोध गरेको हो ।

त्यस्तै बिर्को शिलन्बन्दी भएको पिउने पानी उपभोग गर्न विभागले आग्रह गरेको छ । ‘दुषित पानीको प्रयोगले रोगको संक्रमण हुने सम्भवना छ, स्वच्छ तथा सफा पानीको प्रयोग गर्न सबैमा अनुरोध गर्दछाैं,’ विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिम प्रावधानहरु पुरा गरी खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गरेर उत्पादन र बिक्री गर्न उद्योगीलाई सूचित गरेका छौं । अन्यथा खाद्य ऐन नियम अनुसार कारबाही हुन्छ ।’

विभागले खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री गरेको जानकारी भए विभाग वा मातहतका कार्यलयमा सूचना उपलब्ध गराई दिन समेत आग्रह गरेको छ । उपत्यकामा हैजा देखिएपछि खाद्य प्रविधिले पानीमा निगरानी बढाएको छ । हैजाको बिरानी बढ्न थालेपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी अपनाउन आग्रह गरिरहेका छन् । सोही क्रममा विभागले पनि सूचना प्रकाशित गरेर विभिन्न मापदण्ड अपनाएर मात्रै पानी उत्पादन गर्न उद्योगीहरुलाई निर्देशन दिएको छ । विभागका महानिर्देशक मतिना जोशी बैद्यले पानी उद्योगमा अनुगमन तीब्र बनाइएको बताइन् । ‘पानी क्षेत्रमा अनुगमन बढाएका छौं,’ उनले भनिन्, ‘गुणस्तरमा खेलवाड देखिए कानुन बमोजिम कारबाही हुन्छ ।’ekantipur

लोकप्रिय