मोहन बहादुर बस्नेत को पहलमा सिंधुपाल्चोकका ५० जना विद्यार्थीहरूलाई नि:शुल्क पढ्न पाउने

Madhukar Pandey १६ भदौ २०७८, बुधवार

सिंधुपाल्चोक जिल्लाकावासी पहिरो, कोरोनावाट पिडीत परिवारका ५० जना विद्यार्थीहरूलाई काठमाण्डौको सिनामंगल स्थित लोयोला कलेजले कक्षा ११ देखि १२ सम्म नि:शुल्क पढ़ाई दिने भएको छ।

निजी क्षेत्रवाट संचालित यस कलेजले विद्यार्थीहरुलाई विज्ञान संकाय देखि अन्य धेरै विधामा पनी पढाउने भएको छ।

प्राकृतिक विपत्तिमा परेर पठन पाठनमा कठिन भएका विद्यार्थीहरुलाई हाम्रो अनुरोधमा ठूलो संख्यामा यसरी पठन पाठनमा सहयोग गर्ने लोयोला कलेज का सम्पूर्ण ब्यबस्थापन परिवारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौ।

आज मिति २०७८ भाद्र १५ गते लोयोला कलेजमा, एक समारोहका वीच क्याम्पसका प्रिन्सीपल श्री रमेश पनेरू, निर्देशक डा भुपाल गोविन्द श्रेष्ठको उपस्थितिमा सम्बंधित विद्यार्थीहरुलाई उपस्थित गराईएको थियो। काठमाण्डौ विश्व विद्यालयका २ दर्जन भन्दा वढी प्रागिक ब्यक्तिहरुको संलग्नता रहेको यस कलेजको पठन पाठनको स्तर अत्यन्तै गुणस्तरीय छ भन्ने कुरा विगत वर्षको रिजल्टले वताएको छ।

यसको अतिरिक्त कलेज ब्यबस्थापन पक्ष र सरोकारवाला विद्यार्थी र अभिभावकहरु संग समन्वय गर्ने काममा महत्वपूर्ण भूमिका खेल्ने सुनकोशी गाऊँपालिका -६ का वडा अध्यक्ष श्री राम कुमार थापाजी लगायत अन्य साथीहरुलाई पनि हार्दिक धन्यवाद दिनु भएको छ।

मधुकर पाण्डे ।

लोकप्रिय