ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

नक्कली विल बनाएर ठगी गर्ने कम्पनीको धमाधम पोल्न खुल्दै

Rojjan Raj Pandey १० माघ २०७८, सोमवार

काठमाडौं। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिसँग मिलेमतो गरी सरकारलाई करोडौं रुपैयाँ राजस्व ठगी गर्ने विभिन्न डिलर कम्पनीको पनि धमाधम पोल्न खुल्न थालेको छ ।

भगवती लेमिनेट्सको ‘ट्याक्स प्लानीङ’ ९राजस्व छली धन्दा०मा सघाउ पु९याई राज्यलाई ठग्दै आइरहेका दर्जनौ डिलर राजस्व अनुसन्धान विभागको अनुसन्धान घेरामा तानिने भएका छन् । दर्जनौं डिलर भगवती लेमिनेट्सको राजस्व छली धन्दाको ‘मतियार’ बनेको भन्दै उनीहरूलाई राजस्व अनुसन्धान विभागले छानबिन घेरामा राखेको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०७६ अनुसार राजस्व चुहावट कसुरमा मतियार बनेको पाइए मुख्य अभियुक्तको भन्दा आधा सजाय हुने व्यवस्था छ । मुख्य अभियुक्तलाई भने कसुरको प्रकृति हेरी १ करोडदेखि १० करोड रुपैयाँसम्म बिगो र एक महिनादेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

करोडौं राजस्व छली गरेको प्रारम्भिक आधार फेला परेपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स प्रालिको मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालयमा एक साताअघि छापा मारी राजस्व छलीसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । भगवती लेमिनेट्सले वास्तविक कारोबारका लागि ‘कच्चाबिल’ र भ्याटका लागि ‘पक्काबिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ ।

भगवती लेमिनेट्सँग कच्चा बिल र पक्का बिलमार्फत कारोबार गर्दै राजस्व छली कार्यमा संलग्न हुँदै आइरहेका केही थप डिलरहरूको सूची फेला पारेको छ । यसअघि ललितपुरको सानेपास्थित सुरज फर्निचरलगायतका डिलरहरूसँग पनि भगवती लेमिनेट्स प्रालिले कच्चा बिलमार्फत कारोबार गरी राजस्व छली गरेको खुलासा भएको थियो । राजधानी दैनिकबाट

लोकप्रिय