ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

नेपालमा कोरोना संक्रमण दर ५ प्रतिशत कम, डराउन नपर्ने विज्ञको भनाइ

Rojjan Raj Pandey ३ मंसिर २०७८, शुक्रवार

नेपालमा कोरोना संक्रमितको संख्या कम भएसँगै समाजका हरेक गतिविधि लयमा आउन थालेका छन् । पठनपाठनदेखि सरकारका महत्वपूर्ण बैठक मानिसको प्रत्यक्ष उपस्थितिमा हुन थालेका छन् ।

गत चैत्र महिनादेखि फैलिएको संक्रमणको दोस्रो लहर अघिल्लो महिनाको अन्त्यसम्म आइपुग्दा पाँच प्रतिशत तल झरेको छ । युरोपमा फैलिएको कोरोना संक्रमण नेपालमा देखिइसकेको डेल्टा भेरियन्ट नै भएकाले डराउनु नपर्ने चिकित्सकको तर्क छ ।

५० प्रतिशतसम्म पुगेर पुरै देशलाई चौपट अवस्थामा पु¥याएको कोभिड संक्रमणको दर यो अवस्थामा आउनुलाई कम जोखिमयुक्त मानिन्छ । काठमाडौं र ललितपुरमा ५ सय माथि सक्रिय संक्रमित छन् भने झापा, मोरङ, सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली गरी ९ जिल्लामा २ सय माथि सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

दोस्रो लहर फैलिएको ८ महिना अर्थात कार्तिकदेखि नै कम हुँदै गएको कोरोना संक्रमणको दर हाल ५ प्रतिशत कममा झरिसकेको छ । भदौदेखि नै केही कम हुदै गइरहेको संक्रमण दशैं तिहारको समयमा बढ्ने प्रक्षेपण गरिएको थियो । तर, प्रक्षेपण प्रक्षेपणमै सीमित हुनु नागरिकका लागि उत्साहको खबर बन्यो ।

अघिल्लो महिना देशभर १४ हजार ७ सय व्यक्ति मात्र संक्रमित भएका थिए । जसमा काठमाडौं उपत्यकाका ५ हजार ७ सय ३४ जना थिए । उपत्यकापछि बढी संक्रमित भेटिएका चितवन, कास्की, रुपन्देही, झापा, मोरङ र सुनसरीमा समेत संक्रमितको संख्यामा कमी आएको छ । १ महिनाको अवधिमा २ सय जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्यामा कमी आएको संक्रामक रोग विशेष डा. शेरबहादुर पुन बताउनुहुन्छ । यद्यपि अहिले पनि दैनिक ४/५ जनाको मृत्यु भइरहेकाले सचेत भने बन्नुपर्ने उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले समेत संक्रमणदर ५ प्रतिशत कम हुनु भनेको जोखिम कम हुँदै गएको बुझिने जनाएको छ । तर, यता संक्रमितको संख्या कम हुँदै गए पनि भेन्टिलेटर र आईसीयूमा उपचार गर्नेको संख्यामा भने कमी आएको छैन । अहिलेको अवस्थामा २ सय ८४ जना हाल क्रिटिकल केयरमा उपचाररत छन् ।

हाल संक्रमण बढेका केही देशमा डेल्टा भेरियन्ट नै देखिरहेका कारण पनि नेपालमा जोखिम नबढेको संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । नेपालमा प्रभाव जमाइसकेको डेल्टा भेरियन्ट नै ती देशमा देखिएका कारण पनि तत्कालका लागि यहाँ जोखिम नदेखिएको उहाँको भनाइ छ ।

भाइरसविरुद्ध खोप लगाउनेको संख्या समेत बढिरहेका कारण पनि संक्रमण दर कम भएको विज्ञहरूको ठहर छ । अन्य विकसित देशको तुलनामा नेपालमा खोप लगाउने संख्या बढिरहेका कारण पनि संक्रमण फैलिन नपाएको हुनसक्ने उनीहरूको विश्लेषण छ । हाल दुवै डोज खोप लगाउनेको संख्या २५ प्रतिशत माथि छ ।imagekhabar

लोकप्रिय