नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर

Madhukar Pandey ४ मंसिर २०७७, बिहिवार

शहरको भिडभाड, कोलाहाल, धूँवा(धुलो, धपेडी पन्छाएर सितल र स्वच्छ वायुमा रमाउनेहरुका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौंसँगै जोडिएको यो जिल्लाले शहरवासीलाई शीतलता मात्र प्रदान गर्दैन, सदियौं पुरानो शिल्पकलाको नजिक पनि पुर्‍याउँछ । त्यसका लागि पुग्नुपर्छ, साततले दरबार ।

इतिहासले भन्छ, कुनैबखत काठमाडौंभन्दा शक्तिशाली थियो नुवाकोट । यो पृथ्वीनारायणले बाइसे(चौबिसे राज्यलाई एकिकरण गर्नुअघिको कुरा हो ।
 
त्यही बेला त हो नुवाकोट अनेकन शिल्पकलाले सजिएको । तर, विडम्बना त के भने प्राचिन हस्तशिल्पले खिपिएका संरचना अब सग्लो देख्न पाइनेछैन । यहाँको साततले दरबार अब जिर्ण मात्र होइन, करिव ध्वस्त भइसकेको अवस्थामा देख्नुपर्नेछ । साततले दरबार मात्र हो र रु अरु थुप्रै प्राचिन सम्पदा त्यही हालतमा छ, जो हेर्दा मन कुँडिन्छ ।
 
पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गर्नुअघि निकै शक्तिशाली राज्यका रुपले चिनिएको नुवाकोट इतिहासका विद्यार्थीहरुको खुल्ला संग्रहालय हो ।
 
नुवाकोट दरबार परिसरमा धार्मिक हिसावले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । मनोरम प्राकृतिक छटाहरुले भरिपूर्ण यो जिल्ला प्राचिन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । नुवाकोट दरबारबाट देखि १० मिनेटको यात्रा पश्चात पुग्न सकिन्छ, महामण्डाल क्षेत्र । ऐतिहासिक तथा धार्मिक हिसावले मण्डला क्षेत्र पनि उत्तिकै महत्वपूर्ण छ ।
 
तर, यी अब उस्तै छैनन् । सग्लो छैन । सुरक्षित छैन । बर्षौं बर्षको घामपानीले यसको स्वरुप जिर्ण मात्र बनाएको छैन, उचित रेखदेखको अभावमा खण्डहर बन्दै गएको छ । यी संरचनाको जिर्णोद्वार गर्न अत्यावश्यक भइसकेको छ ।

लोकप्रिय