ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

Rojjan Raj Pandey ८ मंसिर २०७८, बुधवार

सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई फार पोस्टबाट गोलमा परिणत गर्दै खेललाई १३ मिनेटपछि नै बराबरीमा ल्याए ।

मेस्सी र नेयमारसँगै एमबाप्पेको जोडीले बेला बेलामा सिटीलाई समस्या दिएपनि खेल अवधिभर सिटीले नै बढी अवसर सिर्जना गर्यो । सिटीले वैकल्पिक खेलाडीका रुपमा प्रवेश गराएका ग्याब्रीएल जेससले महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि विजयी गोल सम्भव भएको थियो । बर्नार्डो सिल्भाको चलाखीपूर्ण मुभसँगै जेसासले विजयी गोल गरे ।

समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्यो । समग्रमा सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का भयो । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहँदै अघि बढेको छ । लाइप्जिग र ब्रुगको ४-४ अंक रहेको छ ।hamrokhelkud

लोकप्रिय