ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

पोर्चुगलको हारसँगै सकियो रोनाल्डोको युरो यात्रा

Rojjan Raj Pandey १४ असार २०७८, सोमवार

साविक विजेता पोर्चुगल राउन्ड अफ १६ चरणमा बेल्जियमसँग १-० को हार बेहोरेसँगै युरोपेली च्याम्पियनसिप २०२० बाट बिदा भयो । पोर्चुगलसँगै प्रतियोगिताकै सर्वकालीन महान् रोनाल्डोले पनि बिदा लिएका छन् ।

रोनाल्डोले यस संस्करणको ४ खेलमा ५ गोल गर्ने क्रममा थुप्रै कीर्तिमान आफ्नो नाम लेखाए । युरोमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाम गराएका रोनाल्डोले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान पनि बराबरी गरे । ग्रुप अफ डेथमा विश्वकपको पछिल्ला दुई विजेता फ्रान्स र जर्मनीविरुद्ध टोलीलाई बलियो प्रदर्शन गर्न प्रेरित गरेका रोनाल्डोले कप्तानी प्रदर्शन गरेका थिए ।

रोनाल्डोले सन् २००४ यता युरोको ५ संस्करणमा खेल्ने कीर्तिमान आफ्नो नाम गरे । यसक्रममा उनले हरेक संस्करणमा गोल गर्दै कुल गोलसंख्या १४ पुर्याए । यो सर्वाधिक गोल संख्या पनि हो । युरोको इतिहासमा छनोट चरण सहित उनले ६० खेल खेले ।

युरो इतिहासमा १२ खेलमा जित दर्ता गर्दै रोनाल्डो धेरै जित हासिल गर्ने खेलाडी पनि बने । उनले प्रतियोगितामा २५ खेल खेल्दै सबैभन्दा अनुभवी खेलाडीको कीर्तिमान पनि राखे । छनोट समेत गन्ने हो भने उनले ४५ गोल गरेका छन् । जुन आफैंमा दुर्लभ कीर्तिमान हो ।

रोनाल्डो र युरो कीर्तिमानको पर्याय नै बनेका छन् । सोमबार बेल्जियमविरुद्ध केहि कमजोर प्रदर्शन गरेका रोनाल्डो अब फेरी युरोमा दखिने सम्भावना असम्भव जस्तै छ । रोनाल्डोले अब विश्वकप खेलेपछि पोर्चुगलबाट बिदा लिने आँकलन गरिएको छ । तर रोनाल्डोको शारीरिक अवस्था र खेल्ने शैली हेर्ने हो भने केहि यकिन भन्न सकिने अवस्था छैन ।

युरो २०२४ का लागि उनले आफूलाई तयार राख्लान् या बिदा लिन्छन्, त्यो समयले नै बताउनेछ । अहिलेलाई भने रोनाल्डोले युरोको सर्वकालिन महानकै रुपमा बिदा लिएका छन् ।rss

लोकप्रिय