ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

प्रदेश १ मा प्रदेश प्रमुखद्धारा नयाँ सरकार गठनको आव्हान

Madhukar Pandey १५ कार्तिक २०७८, सोमवार

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ’प्यासी’ ले नयाँ सरकार गठनका लागि भोलि मंगलबार दिनको १ बजेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । 

संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री चयन गर्ने प्रक्रिया उल्लेख छ । सोही अनुसार प्रदेश प्रमुख प्यासीले १ बजेभित्र मुख्यमन्त्रीको प्रस्तावसहित दाबी पेश गर्न आह्वान गरेका हुन् ।

आचार्य गत भदौ १० गते नेकपा एमाले संसदीय दलको नेता हुँदै प्रदेश १ को मुख्यमन्त्रीमा चयन भएका थिए । उनले मुख्यमन्त्री बनेको ६८ दिनपछि सोमबार राजिनामा दिएका हुन् ।

विपक्षी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई आगामी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने सहमति आइतबार नै भइसकेको छ । उक्त सहमतिपछि विपक्षी पाँच दलीय गठबन्धनले सांसदहरुको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने तयारी गरेका छन् ।ekagaj

लोकप्रिय