शेयर कारोबार गर्नुहुन्छ ? खाता चेक गर्नुहोस पैसा आयो कि आएन

Rojjan Raj Pandey ३० चैत २०७७, सोमवार

शेयर बजारमा राफसाफमा आएको समस्याका कारण शेयर कारोबारमा बैंकमा रकम नगएको भएमा ब्रोकर कार्यालयमा नै चेक लिन जान ब्रोकरले आग्रह गरेका छन् । शेयर ब्रोकरहरुको छाता संगठनले सेयरको भुक्तानी चेकबाट लिन आग्रह गरेको हो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै टी प्लस २ (टीं२) पछि लगानीकर्ताको विवरण अद्यावधिक नभएका वा प्रणालीसँग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमा नै लगानीकर्ताले रकमको भुक्तानी प्रणालीमार्फत प्राप्त गर्न नसकेको अवस्था रहेमा सम्बन्धित ब्रोकर कार्यालयमा गई चेकको माध्यमबाट भुक्तानी लिन आग्रह गरेको छ।

 धितोपत्र भुक्तानी सम्बन्धि  समस्या समधान गर्न व्यावसायी र सिडिएस् एण्ड क्ल्यिरिङ्ग लि.को सयुक्त पहलमा प्रणालिको  विकास गरी परिक्षणको क्रममा रहेको जनाएको छ छ । त्यसैगरी रकम भुक्तानी संग सम्बन्धित समस्याहरु समधानगर्न सम्बन्धित सम्पूर्ण पक्षहरुसंग निरन्तर छलफल रहेको बताएको छ । 

कोभिड १९ का कारण केहि समय संचालनमा आउन नसकेको दोस्रो बजार २०७७ अषाढ १५ बाट संचालनमा आएपछी यस प्रतिको लागनीकर्ताको आर्कषणमा अत्याधिक बृदि भएको छ । हितग्राहि खाता, मेरो शेयर, कारोबार खाता र अनलाईन प्रयोगकर्ताको संख्या २०७७ अषाढ १५ गते पुर्बको तुलनामा कयौ गुणाले बृद्धि भएको छ । 

करिव सात लाख सकृय लगानीकर्ता र करिव पौने छ लाख अनलाईन प्रयोगकर्ताले कारोबार गरिरहेको बताएको छ । यसमा सेबोन, नेप्से, अनलाईन कारोबार प्रर्णाली, सिडिएस एण्ड क्ल्यिरिङ्ग लि. तथा निक्षेप सदस्यहरुको भुमिका महत्वपूर्ण रहेको पनि संघले बताएको छ ।aarthiknews

लोकप्रिय