ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएकाले पाँच हजार भत्ता कसरी लिने? यस्तो छ प्रक्रिया

Madhukar Pandey २३ चैत २०७८, बुधवार

मन्त्रालयले उक्त कार्यविधि अनुसार भत्ता उपलब्ध गराउने लगायतका काम अगाडि बढाउन समेत भनिसकेको छ।

कसले पाउँछन् भत्ता?
कार्यविधि अनुसार मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले हरेक तीन महिनामा मासिक पाँच हजारका दरले भत्ता पाउने छन्। यस्तो भत्ता रकम त्रैमासिक रुपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैंक खातामा जम्मा गर्ने छ। 

मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग पहिचान भई उपचारपछि निको भईसकेका व्यक्ति बाहेकका क्यान्सर रोगी (क्यान्सर पहिचान भई उपचारपछि निको भईसकेका तर चिकित्सकले तीन-तीन महिना भित्र निरन्तर निगरानीमा राखेका व्यक्ति यस लाभग्राहिको सूची भित्रैपर्ने) र मेरूदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचय पत्र वाहक) गरिब तथा विपन्न व्यक्तिले भत्ता पाउने छन्।

औषधि उपचार गर्न नसक्ने गरिबीको परिचय पत्र वितरण गरेको जिल्लाको हकमा सो परिचय पत्र वाला तथा गरिबीको परिचय पत्र वितरण गरी नसकेको जिल्लाको हकमा बिपन्न व्यक्ति वा स्थानीय तहबाट सिफारिस समिति गठन गरी पहिचान भएका बिपन्न रहेको प्रमाणपत्र प्राप्त व्यक्तिले भत्ता पाउने कार्यविधिमा उल्लेख छ।

कसले पाउँदैनन्?
कार्यविधि अनुसार सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्तवमा भएका संस्था वा संगठन संस्थाबाट रोजगारी/निवित्तिभरण वा बिदेशी सरकारबाट रोजगारी/पेन्सन प्राप्त गरिरहेको ब्यक्ति लिए यस निर्देशिका बमोजिम मासिक वित्ति उपलब्ध गराईने छैन । त्यसगरी नेपाल सरकारबाट उपलब्ध गराईदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडीएको भत्ता, अपांग भत्ता लगायत नेपाल सरकारबाट साबिकमा पाई आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराईने मध्ये कुनै एक किसिमको भत्ता/मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन्। त्यसैगरी यसै कार्यविधिमा उल्लेखित एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो गर्ने गरी यस किसिमको भत्ता प्राप्त गर्ने छैनन्।

कसरी लिन सकिन्छ भत्ता?
कार्यविधि बमोजिम औषधि उपचार बापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी, चिकित्सकको सिफारिस, मेरूदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपि सहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनु पर्नेछ। swasthyakhabar बाट साभार

यस्तो छ हुन्छ चिकित्सकको सिफारिस

स्थानीय तहको वडामा दिनुपर्ने निवेदन यस्तो हुन्छ

लोकप्रिय