ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

नेपाली कांग्रेस सिन्धुपाल्चोकका प्रदेशतर्फका अविधेशनमा सभापति शेरबहादुर देउवा निकटका सभापतिहरू निर्वाचित

Rojjan Raj Pandey ९ मंसिर २०७८, बिहिवार

१४औ महाधिवेशनमा नेपाली कांग्रेस सिन्धुपाल्चोकका प्रदेशतर्फका अविधेशनमा सभापति शेरबहादुर देउवा निकटका सभापतिहरू निर्वाचित भएका छन् ।
 बस्नेत सिन्धुपाल्चोकमा अत्यन्तै लोकप्रिय नेता भएकै कारण अरु समुहको नेताहरुले जित्ने कुनै संभावना नरहेको महेस बस्नेत बताउनु हुन्छ।

बिहीबार बिहान प्राप्त चारमध्ये तीन वटा प्रदेशतर्फको सभापतिमा देउवा समूहले कब्जा जमाएको छ । तीन वटै सभापतिमा देउवा समूहले अत्याधिक मतसहित बिजेता बनेका छ्न।

सिन्धुपाल्चोक क्षेत्र नं. १ ‘क’को सभापतिमा आङदोर्जे शेर्पा सभापति अत्याधिक मतसहित निर्वाचित भएका छन् । शेर्पाले ४६४ मत पाएका छन् । उनी बस्नेत का खास मान्छे हुन।

शेर्पाका प्रतिद्वन्द्व नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार कुमार श्रेष्ठको ५४ मतमात्रै पाएर पराजित भएका छन् । क्षेत्र नं. १ ‘क’मा पौडेल समूह बढारिएको छ ।एस्तो लज्जास्पद हार अन्त कतै भएको छैन।

क्षेत्र नं. १ ‘क’को उप–सभापतिमा चेङ शेर्पा र टेकबहादुर गुबाजु निर्वाचित भएका छन् । सचिवमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ तथा सह–सचिवमा उमेश सुवेदी र राजेन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोककै क्षेत्र नं. १ ‘ख’को सभापतिमा देउवा समूहका देवेन्द्र खड्का २५९ मतसहित निर्वाचित भएका छन् । खड्कासँग पौडेल समूहका सभापतिका उम्मेदवार चन्द्रबहादुर सिलवाल १७१ मतसहित पराजित भएका छन् ।

क्षेत्र नं. १ ‘ख’को उप–सभाति रविन्द्र खड्का र रवि तामाङ निर्वाचित भएका छन् ।

सचिवमा रितेश तामाङ र जयन्द्रकुमार लामा तथा सह–सचिव सुरेश लामा र रमेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

क्षेत्र नं. १ कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र हो । बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा एकलौटी कब्जा जमाएका छन् ।

उता, क्षेत्र नं. २ ‘क’को सभापतिमा देउवा निकटका केशव गिरी निर्वाचित भएका छन् । गिरीले ९ भोटले जितेका हुन् । गिरीसँग पौडेल समूहका देव बानियाँले प्रतिस्पर्धा गरेका थिए ।

क्षेत्र नं. २ को ‘क’मा गिरीको प्यानल नै निर्वाचित भएको छ ।आगामी दिनमा मत खसेको परिणाम हेर्दा देशै भर सभापति देउवा भारी देखिन थालेको छ ।

एदि एसै गरि परिणाम आएमा सभापति देउवालाई चुनाब हराउन कसैले न सक्ने अड्कल काटिएको छ।

सिन्धुपाल्चोकमा आउदो चुनाब कांग्रेसको कब्जामा जाने प्राय निश्चिति रहेको स्थानीय कांग्रेस नेता महेस बस्नेत ज्यु ले बताएका छ्न।

लोकप्रिय