ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

प्रहरीले अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित काठमाडौंबाट एक जना पक्राउ गरेको छ ।

Madhukar Pandey ९ माघ २०७८, आइतवार

काठमाडौं ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँबजार ज्याठाबाट स्पर्श हनी नामक ब्रान्डका सञ्चालक नरेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

सो महमा अखाद्य वस्तु मिसावट गरेको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो । परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

प्रहरीले उक्त सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ । त्यसमा सोडालगायत वस्तु मिसाएको पाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उक्त मह प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गरिँदै आएको थियो । अखाद्य वस्तु मिसावट गर्नेलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।imagekhabar

लोकप्रिय